अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समसामयिक विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै

समसामयिक विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै


काठमाडौं-नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ। पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीले बैठक बोलाएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू तथा प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुनेछन्।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले लिनुपर्ने आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।