अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनाव लक्षित सुझाव सुन्न सर्वसाधारणसँग प्रत्यक्ष कुरा गर्दै अध्यक्ष ओली

चुनाव लक्षित सुझाव सुन्न सर्वसाधारणसँग प्रत्यक्ष कुरा गर्दै अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणसँग कात्तिक ४ गते प्रत्यक्ष टेलिफोन संवाद गर्नुहुने भएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा ओलीले सर्वसाधारणको सुझाव सुन्नका लागि आफैँले प्रत्यक्ष टेलिफोन संवाद गर्न लागेको उहाँको सचिवालयले जनाएको छ।

कात्तिक ४ गते देशभरिका जुनसुकै नागरिकले पनि ओलीलाई फोन गरेर प्रत्यक्ष सुझाव दिन सक्ने छन्। 

टेलिफोन सम्वाद गर्न चाहने व्यक्तिले आफ्नो नम्बर र नाम ओलीको फेसबुक पेजको इनबक्समा म्यासेज गरी पठाउनुपर्ने छ ।

सर्वसाधारण नागरिकले नम्बर पठाएपछि ओलीले आफैँ फोन गरेर कुराकानी गर्ने जानकारी फेसबुक मार्फत दिएका छन्।

‘कात्तिक ४ गते म तपाईंको सम्पर्कमा हुनेछ, आउनुस, कुरा गरौं,’ अध्यक्ष ओलीले भन्नुभएको छ ।