अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेससँग भिजन तथा योजना छैन : केपी ओली

कांग्रेससँग भिजन तथा योजना छैन : केपी ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेससँग कुनै भिजन नभएको टिप्पणी गर्नुभएको छ ।

आज झापाको धुलाबारीमा राप्रपा र एमालेले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोदन गर्दै उहाँले २३/२४ वर्ष सरकारको नेतृत्व गर्दा समेत कांग्रेसले कुनै काम गर्न नसकेको आरोप लगाउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देश विकास गर्ने एमाले एकातिर र अर्कोतिर देश बिगार्न साठगाँठ गर्ने गठबन्धनसँग मंसिर ४ गते हुने निर्वाचनका महासंग्राममा छौँ । हामी जनता र देशका लागि के छौँ र भोलि के गर्नेछौँ भनेर बताइरहेका छौँ । गठबन्धनको भ्रमबाट मुक्त गराइरहेका छौँ ।’

नेपाली कांग्रेसले चुनावी घोषणापत्रमा लेख्ने कुनै एजेण्डा नपाएको समेत बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेसले काम केही गरेको छैन । कांग्रेसले सधैँ झैं घोषणापत्र त ल्याउछ । तर काम कामै नलाग्ने ल्याउछन् । भाडाको बुद्धिजीविले लेखिदिएको घोषणापत्र यहाँहरूले जनताको बीचमा छर्नुहुनेछ । त्यो कुनै कांग्रेसको हुने छैन । धेरै पटक सरकारको नेतृत्व गर्दा पनि कुन एउटा राम्रो काम गर्‍यो देखाउनुस् । होइन भने हामीसँग सोधे हुन्छ । हामी सयौँ कुरा भन्नेछौँ ।’

जनतालाई गठबन्धनको दबाबबाट मुक्त गराउन लाग्न नेत-कार्यकर्तालाई ओलीले निर्देशनसमेत दिनुभयो । उहाँले राप्रपा आफैँ चलेको पार्टी भएकाले चुनावी तालमेल गरेको बताउनुभयो ।