अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङमा जीप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु (अपडेट)

बझाङमा जीप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु (अपडेट)


बझाङ – बझाङको मस्टा गाउँपालिकाको चिउरी नजिकै जिप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ।

सदरमुकाम चैनपुरबाट मष्टा गाँउपालिकाको वडा नं २ खेतकोट जाँदै गरेको सु.प.प्र ००१-००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको छ ।

मृतकमध्ये चार जनाको सनाखत भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा मस्टा खेतकोटका १२ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया बसन्ती धामी रहेका छन्।

जिप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको छ। जिपमा कति जना सवार थिए भन्ने यकीन हुन नसकेको प्रहरीले जनाएको छ।

अहिले प्रहरी घटनास्थल पुगेको छ। उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ। ‘दुर्घटनामा परेको जीप टुक्रा टुक्रा भएको छ, अहिले घाइतेलाई उद्दार गरेर अस्पताल लैजादैछौँ,’ प्रहरीले जनाएको छ ।