अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली मूलकी परिजिता अमेरिकी द भ्वाइसको नकआउटमा प्रवेश

नेपाली मूलकी परिजिता अमेरिकी द भ्वाइसको नकआउटमा प्रवेश


काठमाडौं-ब्याटल राउन्डमा जित निकाल्दै नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको नकआउट चरणमा प्रवेश गरेकी छन् । नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले अन्य दुई प्रतिस्पर्धीलाई समेत हराइन् ।

कोच जोन लिजेन्डको समूहबाट नकआउट चरणका लागि परिजिता र मेरिलाइन्डबीच प्रतिस्पर्धा भएको थियो । कोच जोनले ब्याटलको लागि ‘हाउ डीप इज योर लभ’ गीत गाउन सुझाएका थिए । उक्त गीत गाएर चारैजना कोचलाई परिजिताले मन्त्रमुग्ध बनाएकी थिइन् ।

जोनसहित चारैजना कोचले नकआउट चरणका लागि परिजितालाई रोजेका थिए । सानो उमेरमा उनले यति गम्भीर गीतलाई समधुर र सहज ढंगले गाएको भन्दै कोचले प्रशंसा गरेका थिए । परिजिता परिवारसहित अमेरिकामा बस्दै आएकी छन् । १७ वर्षीया यी किशोरीलाई नेपाली समुदायबाट पनि समर्थन मिलिरहेको छ । यता द भ्वाइसको नेपाली संस्करणमा पनि ब्याटल राउण्ड चलिरहेको छ ।

Skip This