अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधान सेनापति सिग्देल चीन प्रस्थान

प्रधान सेनापति सिग्देल चीन प्रस्थान

रथी प्रदीपजङ्ग केसीलाई कामु प्रधान सेनापतिको जिम्मेवारी


काठमाडौं-प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। उनी चीनको औपचारिक निमन्त्रणामा सेप्टेम्बर १३-१९ सम्म बेइजिङमा आयोजना हुने १३ औँ ‘बेइजिङ सियाङसान फोरम’ मा समेत सहभागी हुन चीन प्रस्थान गरेका हुन्। उनी एक साता चीनमा बस्नेछन् ।

नेपाली सेनाका अनुसार यस भ्रमणले नेपाल र चीनबीचको आपसी सैनिक सम्बन्धलाई थप विस्तार गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको समग्र परराष्ट्र नीतिलाई टेवा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।

बेइजिङ प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधान सेनापतिको भ्रमण अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ।