सुर्खेत-रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नाै जना घाइते भएका छन्।
सानीभेरी गाउँपालिका–६ स्थित देउता खोलामा सोमबार जिप दुर्घटना भएको हो। गाउँपालिकाको केन्द्र सानीभेरी–९, सिम्लीबाट खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप देउता खोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घाइते नाै जनाको उद्धार गरी उपचारका लागि पठाउने तयारी भइरहेको छ।
दुर्घटनाको कारण तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया