अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्ने

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्ने


काठमाडौं-यही कात्तिक ८ गते मंगलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने खगोलविदले जनाएका छन् ।

नेपालमा यो सूर्यग्रहण साँझ ४ः५३ बाट मात्र देखिनेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने छ । नेपालबाट करीब ३३ मिनेटमात्र ग्रहण देखिने बताइएको छ ।

यो खण्डग्रास सूर्य ग्रहणको दृश्य यूरोप, मध्य एसिया, उत्तर अफ्रिका, भारत, मंगोलिया, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, सिरिया, काजकस्थान, नर्वे लगायत मुलुकहरुबाट पनि देख्न सकिने जनाइएको छ ।

यसलाई नाङ्गो आँखाले हेर्न हुँदैन । सूर्य ग्रहणलाई सुरक्षित माध्यमबाट हेर्न चाहनेहरुलाई सामाखुसीस्थित तक्षशिला एष्ट्रनोमी क्लबले निःशुल्क व्यवस्था मिलाएको छ ।