अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आचारसंहिताको पालनामा संवेदनशील छु, सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई कारबाहीमा सहयोग होस्ः उपमेयर डंगोल 

निर्वाचन आचारसंहिताको पालनामा संवेदनशील छु, सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई कारबाहीमा सहयोग होस्ः उपमेयर डंगोल 


काठमाडौँ – काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई वच्छ, स्वतन्त्र, निश्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रुपमा सम्पन्न गर्ने कुरामा आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग रहने बताउनु भएको छ ।

आज आयोगलाई एक पत्र लेखेर जानकारी गराउनु भएको छ । ‘त्यहाँ आयोगबाट भैरहेको काम कारवाहीबारे म जानकार छु र काठमाडौँ महमानगरपालिकाको उपप्रमुखको हैसियतले गर्नुपर्ने आचारसंहिताको परिपालना समन्वय र सहयोगको लागि समेत संवेदनशील रहेको व्यहोरा अनुरोध गर्दछु,’ उहाँले पत्रमा लेख्नुभएको छ, ‘आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम पालना गर्नुपर्ने आचारसंहिता र आचरणको पालना गरिहरको छु ।

आगामी मंसिर ४ मा हुने निर्वाचनलाई केन्द्र बनाई अफबाह पैलाउने, गलत सूचना तथा व्यहोरा सम्प्रेष्ण्ण गर्ने, आचारसंहिता विपरीत मेरो नामबाट नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग गर्ने काम भैरहेको देखिएकाले सो कार्यप्रति मेरो ध्यानाकार्षण भएको छ ।’ उहाँले त्यस्तो कार्यप्रति गम्भीर आपत्ति रहेको भन्दै त्यस्तो कानुन विपरीत कार्य गर्ने–गराउनेको पहिचान गरी आवश्य कारवाही गर्न गराउन आग्रह पनि गर्नुभएको छ । उहाँले आफूले प्रयोगमा ल्याएको आधिकारिक सामाजिक सञ्जालहरुको व्यहोरा समेत पत्रमा उल्लेख गर्नुभएको छ ।