अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकसँग टेलिफोन संवाद गर्नुहुँदै अध्यक्ष ओली (फोटो फिचर)

नागरिकसँग टेलिफोन संवाद गर्नुहुँदै अध्यक्ष ओली (फोटो फिचर)


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले शुक्रबार नागरिकसँग लाइभ टेलिफोन संवाद गरिरहनुभएको छ।  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले शुक्रबार नागरिकसँग लाइभ टेलिफोन संवाद गरिरहनुभएको छ।  

अध्यक्ष ओलीसँग संवादका लागि बिहीबार मध्यान्ह १२ बजेसम्म १ लाख ७१ हजार ७३८ जनाले इच्छा देखाउँदै नाम टिपाएका थिए।

अध्यक्ष ओलीले नाम टिपाएकामध्ये केहीसँग पार्टी केन्द्रीय कार्यालया च्यासलबाट गोलाप्रथा गर्दै टेलिफोन संवाद गर्दै हुनुहुन्छ ।

‘मसँग कुरा गर्न आज दिउँसो १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद !’, उहाँले भन्नुभयो, ‘धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको छ। हाम्रो कुराकानी हुनेछ।’

मंगलबार अध्यक्ष ओलीले कात्तिक ४ गते शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न अनुरोध गर्नुभएको थियो ।

अध्यक्ष ओलीले अनुरोध गरेसँगै बुधबार एकैदिन १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएका थिए । बिहीबार अपराह्न १२ बजे सम्म १ लाख ७१ हजार ७३८ जनाले नाम टिपाएको ओलीको सचिवालयले जनाएको छ।

मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष ओलीले नागरिकसँग प्रत्यक्ष संवाद थाल्नुभएको हो ।