अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति समक्ष अमेरिकाका नवनियुक्त राजदूत टमसनद्वारा ओहदाको प्रमाणपत्र पेश

राष्ट्रपति समक्ष अमेरिकाका नवनियुक्त राजदूत टमसनद्वारा ओहदाको प्रमाणपत्र पेश


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डीन आर टमसनले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

शुक्रवार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष अमेरिकाका नवनियुक्त राजदूत डीन आर टमसनले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

नवनियुक्त राजदूत टमसनले आफ्नो आधिकारिक ट्विटर अकाउन्टबाट ट्विट गर्दै लेख्नुभयो- ‘नेपालका लागि अमेरिकी राजदूतका रूपमा सेवा गर्न पाउँदा गौरवान्वित भएको छु । नेपालका नेता र जनतासँग मिलेर काम गर्नेछु । विगत ७५ वर्षदेखि अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धको सफलता आगामी ७५ वर्षसम्म पनि कायम रहने सुनिश्चित गर्नका लागि मिलेर काम गरिनेछ ।’

Skip This