अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खानेपानी मन्त्री चौधरीद्वारा सरकारी गाडीको दुरुपयोग

खानेपानी मन्त्री चौधरीद्वारा सरकारी गाडीको दुरुपयोग


बारा – आचारसंहिता उल्लङ्घन गर्दै खानेपानी मन्त्री तथा नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले चुनावी प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ ।

बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री चौधरीले बाराको क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारका निम्ति सरकारले मन्त्रीलाई दिएको गाडीको नम्बर नै परिवर्तन गरी प्रयोग गरिएको पाइएको हो ।

मन्त्री चौधरीले रातो निलो भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आउनुभएको छ । बारा जिल्ला घर भएका मन्त्री चौधरी कोही हप्तादेखि बारामै हुनुहुन्छ ।

उहाँले चुनावी प्रचारप्रसारका लागि समेत सरकारी गाडी प्रयोग गर्दै आउनुभएको स्थानीय राम एकबाल चौधरीले बताउनुभयो । “मैले पहिले मन्त्री ज्यूको यहीँ गाडीमा सरकारी नम्बर देखेको थिए विगत तीन चार दिनबाट निजी नम्बर देखे”, चौधरीले भन्नुभयो, ‘प्रहरी नै मन्त्रीसँग अघिपछि हुन्छ प्रशासन मौन छ, कसले  कारबाही गर्ने खै ?’ यसअघि स्थानीय तहको निर्वाचनमा समेत उहाँले आचारसंहिता उल्लङ्घन गर्दै चुनावी प्रचारप्रसारका लागि सरकारी गाडीको दुरुपयोग गरेको पाइएको थियो ।

Skip This