अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम


काठमाडौं-जल तथा मौसम विज्ञान विभागले आज बिहान प्रदेश–१ र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश–१ र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ प्रदेश–१, मधेस प्रदेशका साथै वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति प्रदेश–१ र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै, पूर्वी नेपालमा बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र ‘सित्रगं’ को अप्रत्यक्ष आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।