अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक

राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक


राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढोचोस्थत नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज बिहान सरिक हुनुभएको छ ।

सो अवसरमा उहाँले नवदुर्गा देवीको पूजाआर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपति यहाँ पुग्नु हुँदा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गर्नुभएको थियो ।