अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनक बने औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री

सुनक बने औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री


काठमाडौं-बेलायती राजदरबार बकिङ्घम प्यालेसमा राजा चार्ल्स तृतियसँग भेट गरेपछि ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री भएका छन् ।

सुनक बेलायतका पहिलो गैर–गोरा प्रधानमन्त्री पनि हुन् । भारतीय मुलका सुनक बेलायतका पहिलो हिन्दू प्रधानमन्त्री पनि हुन् ।

सुनक उनको पार्टी र देशले संकटको सामना गरिरहदाँ प्रधानमन्त्री बनेका छन् । उनका पूर्ववर्ती प्रधानमन्त्री लिज ट्रसको गलत आर्थिक नीतिका कारण बेलायत अहिले पनि गहिरो आर्थिक संकटबाट गुर्जिरहेको छ ।

सोमबार सुनक कन्जरभेटिभ पार्टीको नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियामा निविरोध भएपछि प्रधानमन्त्री बन्ने निश्चत भएका थिए ।सीएनएनबाट

Skip This