काठमाडौं-कट्रिना कैफको फिल्म फोनभूत चाँडै रिलिज हुँदैछ । यसैबीच कट्रिना फिल्मको प्रचार गर्न बिग बोसको घर पुगेकी छिन्, जसको प्रोमो भिडियो कलर्स टिभीले आफ्नो इन्स्टाग्राममा सेयर गरेको छ । यस प्रोमो भिडियोमा सलमान खान र कट्रिना ‘टिप टिप बरसा पानी’ मा नाच्दै देखिएका थिए, यस क्रममा कट्रिनाले सलमानलाई केही रमाइलो प्रश्न पनि सोधिन्।
कट्रिना भन्छिन् तिमी कसलाई भूतको रूपमा जासुसी गर्न चाहन्छौ, जसलाई सलमान भन्छन् म विक्की कौशलको जासुसी गर्न चाहन्छु, जुन सुनेर कट्रिना रुन थाल्छिन्। लामो समयपछि दुबैको केमेस्ट्री देखेर फ्यानहरु निकै खुसी भएका छन् ।-एजेन्सी






प्रतिक्रिया