काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाताको पूजा गर्नुभएको छ ।
गुह्येश्वरीमा तयार पारिएको छठी घाटमा पुगेर उहँले छठी माताको पूजाआजामा सहभागी हुनुभएको हो ।
गुह्येश्वरीमा छठीमाताको दर्शन गर्नुभएकी राष्ट्रपति भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य पनि दिनुभएको छ ।



प्रतिक्रिया