अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको घोषणापत्रका यस्ता छन् २० ग्यारेन्टी

नेकपा एमालेको घोषणापत्रका यस्ता छन् २० ग्यारेन्टी


काठमाडौं – नेकपा एमालेको घोषणापत्रमा जनतालाई समृद्ध बनाउन २० वटा बुँदामा ग्यारेन्टी गरिएको छ । जसलाई ट्वान्टी ग्यारेन्टी भनिएको छ ।

काठमाडौंको याक एण्ड यती होटेलबाट मंगलबार अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रको पहिलो सेसनमा पहिलो बुँदामा समृद्धि अधिवेशन गर्ने उल्लेख छ।  

यस्तै नेपालीलाई मात्र नागरिकता, हंगरः नो लंगर, उत्पादन स्वदेशीः बजार बिदेशी, सुरक्षित छानाः पुग्छ सबैको चाहना, कमाए युवाको रोजाइ, पढाइः भविष्यको जग बसाइ भन्ने ज्ञारेन्टी एमालेले दिएको छ । 

यस्तै प्रेसर सुगरः भइन्न बिरामी औषधि बेगर, फ्रि मिटरः १० हजार लिटर, फ्रि युनिटः ५० युटिन, खेतबारीमा पानीः खाडीमा हैन, स्वदेशमै जवानी, दिनदिनै सडक विस्तारः विकासका पूर्वाधारको आधार, भूमिगत तारः सहर बजार, नो लाइनः सेवा अनलाइन, ५ लाख रोजगारः न्युनतम ज्याला २५ हजार, समृद्धिसँगको नाताः सबैको बैंक खाता, स्वस्थ महिनावारीः १५ सय वर्षभरी, फाइभ जी सञ्जारः आईटीमा चमत्कार, हामी सामाजिकः सभ्य नागरिक र हाम्रो अर्थ १०० खर्बको ग्यारेन्टी एमालेले घोषणापत्रमार्फत गरेको  छ ।

घोषणापत्रमा उल्लेख भएका २० ग्यारेन्टी यस प्रकार छन्

१. पहिलो सेसनः समृद्धि अधिवेशन

२. नेपालीलाई मात्र नागरिकता

३. हङ्गरः नो लङ्गर

४. उत्पादन स्वदेशी बजार विदेशी

५. कमाइः युवाको रोजाइ

६. सुरक्षित छाना : पुग्छ सबैको चाहना

७. पढाइः भविष्यको जग बसाइ

८. प्रेसरःसुगर : भइन्न बिरामी औषधि बेगर

९. फ्रि मिटरः दश हजार लिटर

१०. फ्रि युनिटः ५० युनिट

११. खेत बारीमा पानीः खाडीमा हैन, स्वदेशमै जवानी

१२. दिनदिनै सडक विस्तारः विकासका पूर्वाधारको आधार

१३. भूमिगत तारः सहर बजार

१४. नो लाइनः सेवा अनलाइन

१५. पाँच लाख रोजगारः न्यूनतम ज्याला २५ हजार

१६. समृद्धिसँगको नाताः सबैको बैंक खाता

१७. स्वस्थ महिनाबारी : १५ सय वर्षभरी

१८. हामी सामाजिकः सभ्य नागरिक

१९. फाइभ जी सञ्चारः आइटीमा चमत्कार

२०. हाम्रो अर्थः १०० खर्ब

Skip This