झापा-झापाको बिर्तामोड नगरपालिका–४ स्थित एक घर तथा गोदाममा भीषण आगलागी भएको छ।
सिद्धार्थ होटल र धौलागिरी पारिजात बचत तथा ऋण सहकारी संस्था नजिकै रहेको घर तथा गोदाममा आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र स्थानीय बासिन्दाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सुरक्षाकर्मी र स्थानीयवासीले संयुक्त रूपमा आगो निभाउने प्रयास गरिरहेका छन्।
आगलागीबाट थप क्षति हुन नदिन गोदामभित्र रहेका सामान तथा सामग्रीहरू सुरक्षित स्थानमा सार्ने कामसमेत भइरहेको छ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।



प्रतिक्रिया