अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको चुनावी घोषणापत्र : खेतबारीमा पानी, खाडीमा होइन, स्वदेशमै जवानी

एमालेको चुनावी घोषणापत्र : खेतबारीमा पानी, खाडीमा होइन, स्वदेशमै जवानी


काठमाडौं – नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा मंगलबार आयोजित एक विशेष कार्यक्रमबीच एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई निरन्तरता दिएको छ । एमालेले विभिन्न २० वटा ग्यारेन्टीहरु पनि समावेश गरेको छ । नागरिकता नेपालीलाई मात्र दिनुपर्ने एमालेको घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रको ग्यारेन्टी नम्बर ११ मा खेतबारीमा पानी स् खाडीमा होइन, स्वदेशमै जवानी नारा उल्लेख गरेको छ । त्यसका लागि एमालेले आगामी सतह तथा भूमिगत सिँचाइबाट तराई मधेसको थप ३ लाख हेक्टर जमिन सिञ्चित गरिनेछ । सिँचाइलाई वर्षायामको बिजुली महशुलमा ५० प्रतिशत र हिउँदयामको बिजुलीमा २५ प्रतिशत छुट दिइनेछ ।

कृषि आधारित उद्योगमा संलग्न हुने युवा तथा वैदेशिक रोजगारीबाट फर्केकाहरु नेपालीलाई ऋण तथा सहुलियतका स्किमहरु ल्याइने एमालेको घोषणापत्रमा उल्लेख छ । कृषि उपजको बीमाको व्यवस्था गरिनेछ ।