अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच वर्षभित्र भ्रष्टाचारमुक्त, सुशासन युक्त देश बनाउँछु : अध्यक्ष ओली

पाँच वर्षभित्र भ्रष्टाचारमुक्त, सुशासन युक्त देश बनाउँछु : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि नेतृत्व स्वच्छ हुनुपर्ने बताउनु भएको छ ।

काठमाडौंस्थित होटल याक एन्ड यतीमा मंगलबार घोषणापत्र सार्वजनिक गरेपछिको संवादमा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेतृत्वमा प्रतिबद्धता हुनुपर्दछ । म भ्रष्टाचार गर्दैन भन्ने अठोट गर्छु । म भ्रष्टाचार गर्दिनँ भन्ने कुरा वचनले होइन, मन, व्यवहार र आचरणले प्रतिबद्ध रहनुपर्छ ।’

राज्य संयन्त्रको दुरुपयोग विना भ्रष्टाचार सम्भव नरहेको ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसकारण भ्रष्टाचार नियन्त्रणका लागि पहिला आफ्नो प्रतिबद्धता चाहियो, आफूमा इमानदारिता चाहियो। भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेता सन्त र सन्न्यासी जस्तो हुनुपर्छ ।’

अध्यक्ष ओली भन्नुहुन्छ, ‘राजनीतिक नेता एउटा सन्त जस्तो हुनुपर्छ, सन्यासीजस्तो हुनुपर्छ, त्यागी हुनुपर्दछ । उ आफै लोभी छ भने उसलाई छोराछोरी हेरेपछि माया लागेर २० पुस्ताका लागि सुरक्षित बनाउने चिन्ता लाग्ने हुँदा भ्रष्टाचार नियन्त्रण गर्न सकिँदैन। मान्छेले मरेर जाने कुरा बिर्सिन्छ ।’

यस्तै पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैले लुकेर कतै भ्रष्टाचार गरे पनि कारबाहीबाट उन्मुक्ति पाइँदैन । पाँच वर्षभित्र भ्रष्टाचार मुक्त, सुशासनयुक्त बनाउँछौँ ।’