अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रले जापानी पार गर्‍यो 

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रले जापानी पार गर्‍यो 


काठमाडौं-उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ । 

बिहीबार जारी गरिएको जे–अलर्ट आपत्कालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि मियागी, यामागाटा र निगाटा प्रान्तका बासिन्दाहरूलाई घर भित्र शरण लिन आग्रह गरिएको छ । 

बुधवार उत्र कोरियाले आफ्नो भूभागमा १० वटा क्षेप्यास्त्र प्रहार भएको दाबी गरेको थियो । उत्तरले प्रहार गरेको क्षेप्यास्त्र प्रहारबारे थप विवरण सार्वजनिक हुन बाँकी छ । 

Skip This