अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने


काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । बुधबार थुनछेक बहस नसकिएपछि आज फेरि बहस हुन लागेको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बहस जारी रहेको छ । बुधबार सरकारी वकिलका तर्फबाट चार जना र सन्दीपको तर्फबाट दुई जना कानुन व्यवसायीले बहस गरेका थिए ।

प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो भने मंगलबार सन्दीपको बयान लिइएको थियो ।

पीडित पक्षका कानुन व्यवसायीले बलात्कार भएको दाबी गरेका छन् । सन्दीपका कानुन व्यवसायीले भने बलात्कार नभएको र किशोरीको उमेर पनि १९ वर्ष पुगेको जिकिर गरेका छन् । यसअघि नागरिकताका आधारमा किशोरीको उमेर १८ वर्ष मात्रै रहेको दाबी गरिएको थियो ।

Skip This