अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भिक्टोरिया तालमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

भिक्टोरिया तालमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु


काठमाडौं-तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको यो विमानमा ४३ जना सवार थिए, जसमध्ये २६ जनालाई दुर्घटनापछि अस्पताल लगिएको छ ।

उद्धारकर्मी र स्थानीय माझीहरूले विमानमा फसेका यात्रुहरुको उद्धार गरेका थिए । विमानस्थलमा विमानको पर्खाइमा रहेका अब्दुल नूरीले विमान पानीमा खसेको देखेको बताए । ‘हामी छक्क पर्‍यौँ,’ उनले बीबीसीलाई भने, ‘मानिसहरू डराएर कोही रुन थाले। आगमन गेटमा मानिसहरू पनि चिच्याउन थाले किनभने त्यहाँ धेरैजसो मानिसहरू उभिरहेका थिए, जो आफ्ना प्रियजनहरूलाई पर्खिरहेका थिए।’

घटनास्थलमा पहिलो पटक पुगेका माझीहरूसँग कुरा गर्दा उनीहरूले विमानको पछाडिको ढोका खोलेका कारण केही व्यक्तिलाई विमानबाट बाहिर निकाल्न सफल भएको बताए । यो दुर्घटनाको लागि खराब मौसम दोष लगाइएको छ।

यो ताल बुकोबा एयरपोर्टको धेरै नजिक छ र यो अफ्रिकाको सबैभन्दा ठूलो ताल हो। राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । एजेन्सी

Skip This