अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्पबाट भएको जनधनको क्षतिप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

भूकम्पबाट भएको जनधनको क्षतिप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त


काठमाडौं-नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले डोटीमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा सम्वेदना प्रकट गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ,‘दुःखद् खबर-हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर भत्केका छन् भने ६ जनाले ज्यान गुमाउनु भएको छ । उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

बुधबार बिहान २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु भएर गएको ६।६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पुर्बिचौकी गाउँपालिका-३ गैरागाउमा ६ जनाको मृत्यु भएको थियो ।