अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पृथ्वी राजमार्गको घोप्टे भिरमा आज पनि खस्यो सुक्खा पहिरो

पृथ्वी राजमार्गको घोप्टे भिरमा आज पनि खस्यो सुक्खा पहिरो


काठमाडौँ-पृथ्वी राजमार्गको मुग्लिन-कुरिनटार सडकखण्डस्थित घोप्टे भिरमा सुक्खा पहिरो खस्ने क्रम रोकिएको छैन।

नागढुंगा-मुग्लिन सडक योजनाका अनुसार आज पनि घोप्टेभीरमा सुख्खा पहिरो खस्ने क्रम जारी रहेको छ। पहिरो पन्छाई एकतर्फी भए पनि यातायात सुचारू गर्न आवश्यक मेसिन उपकरण परिचालन गरिएको योजनाले जनाएको छ।

जुनसुकै समयमा पहिरो खस्न सक्ने सम्भावना रहेकाले अत्यन्त सतर्क रहेर, हतार नगरी तथा सडक ट्राफिक नियमको पूर्ण पालना गरेर मात्र यात्रा गर्नसमेत आग्रह गरिएको छ।

केही दिनमा सो स्थानमा सुरक्षित ढंगले दुईतर्फी सवारी आवागमन गर्ने गरी काम भइरहेको योजनाले जनाएको छ।