काठमाडौं-नेकपा (एमाले) को दुई दिने राष्ट्रिय भेला समापन भएसँगै पार्टीको चौथो केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
काठमाडौँस्थित कार्की ब्याङ्क्वेटमा आयोजित राष्ट्रिय भेलाको समापनलगत्तै सोही स्थानमा केन्द्रीय कमिटी बैठक सुरु भएको हो।
दुई दिनसम्म चलेको राष्ट्रिय भेलाले पार्टीको राजनीतिक तथा सांगठनिक विषयमा छलफल गरेपछि एमालेले केन्द्रीय कमिटी बैठक अघि बढाएको हो। बैठकमा पार्टीका आगामी राजनीतिक कार्यदिशा, सांगठनिक विषय तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया