अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी हुँदै

राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी हुँदै


काठमाडौं – विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न १२ बजे महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी हुनुहुने तथा १:४५ बजे महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीलाई सो मञ्चले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले सो सम्मेलनका क्रममा विभिन्न देशका महिला नेत्री तथा अन्य विशिष्ट व्यक्तिहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहको छ ।

अठार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएका राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुग्नुभएको हो । उहाँ भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कनुहुने कार्यक्रम छ ।