अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छुवाछुतका नाममा विभेद गरिनु पाखण्ड हो : अध्यक्ष ओली

छुवाछुतका नाममा विभेद गरिनु पाखण्ड हो : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छुवाछुत प्रथालाई हाँस्यास्पद कुरा भएको बताउनु भएको छ ।

गृहजिल्ला झापा क्षेत्र नम्बर ५ मा आयोजित एमालेको चुनावी कार्यक्रमलाई बिहीबार सम्बोधनका क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मान्छेलाई अझै पनि हेप्नु गलत हो। हाम्रा सन्ततिलाई दक्ष बनाऊँ, कसैले हेप्दैन । मुसो घरभित्र पस्छ। तर मान्छेलाई छुवाछुतका नाममा विभेद गरिनु पाखण्ड हो, नचाहिने कुरा हो।’

अध्यक्ष ओलीले आफूले बालककालमै पनि मैले घरमा मुसो पस्छ मान्छे पस्दा छोइन्छ भन्ने खोपडी परिवर्तन गरिनुपर्ने बताएको सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘घरमा बिरालो छ तर मान्छेलाई तल ठान्छन्। छुवाछुतविरुद्ध मैले बोल्दा छक्क पर्थे। आङ र टाउकामा जुम्रा बोकेर हिँड्ने अनि मान्छे पस्दा छोइने भन्छन् । लामखुट्टे बेडमा आएर डेंगु फैल्याउँछ। तर मानिसलाई घरभित्र पस्न नदिने छुवाछुत हाँस्यास्पद कुरा हो। मानिसलाई अपमान गर्ने काम अब रोकिनुपर्छ।’