अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको दुई ठाउँमा शंकास्पद वस्तु फेला

काठमाडौंको दुई ठाउँमा शंकास्पद वस्तु फेला


काठमाडौं-काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।

बूढानीलकण्ठस्थित स्पेशल चोक र भत्केको पुलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेका हुन् । निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

Skip This