काठमाडौं-निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ढुक्कसँग मतदान गर्न आग्रह गरेको छ ।
शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी पुरा भएको जानकारी दिँनुहुँदै यस्तो आग्रह गर्नुभएको हो ।
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने उहाँले बताउनुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित ढंगले सम्पन्न गर्नका लागि कडा सुरक्षाको व्यवस्था गरेको समेत उहाँले बताउनुभयो ।
मतदानमा खटिएका मतदान अधिकृत, कर्मचारीलाई डर त्रास देखाउने, बुथ कब्जा गर्न खोज्ने, मतदातालाई रोक्ने, मतपेटिका लुट्न खोज्नेलगायत निर्वाचन बिथोल्ने गतिविधि गर्नेलाई कानूनी कारबाही गर्न सम्बन्धित मातहतमा निर्देशन दिएको समेत जनाएको छ ।







प्रतिक्रिया