अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको कुन-कुन ठाउँमा हुँदैछ मतगणना ?

काठमाडौंको कुन-कुन ठाउँमा हुँदैछ मतगणना ?


काठमाडौं-काठमाडौंमा आजै मतगणना हुँदै छ । मतदानस्थलबाट मतपेटिका संकलन गरी गणनास्थलतर्फ लगिएको छ ।

आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिकाहरू गणनास्थलमा लैजान सुरु गरिएको थियो । सर्वदलीय बैठक बसेर आजै मतगणना गरिने जनाइएको छ ।

निर्वाचन आयोगले पनि काठमाढौं उपत्यका लगायत केही जिल्लामा आजै मतगणना सुरु गर्ने जनाएको छ । काठमाडौंमा १० ठाउँमा मतगणना हुँदैछ ।

काठमाडौं १ को-अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, 

क्षेत्र नं २ को -कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, 

क्षेत्र नं ३ को-गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा,

क्षेत्र नं. ४ को- बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा,

क्षेत्र नं.५ को-टोखा नगरपालिकाको श्रीसमाज भवनमा,

क्षेत्र नं.६ को-तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा,

क्षेत्र नं.७ को- बालाजुस्थित जुडो हलमा,

क्षेत्र नं.८ को- स्वयम्भूस्थित गीतामाता विद्यालयमा,

क्षेत्र नं.९ को- रविभवनस्थित न्याथम कलेजमा, 

काठमाडौं.१० को-कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा