अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तराईमा हुस्सु,चिसोबाट जोगिन आग्रह

तराईमा हुस्सु,चिसोबाट जोगिन आग्रह


काठमाडौं- तराईका भू–भागमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । यसले गर्दा लाग्दा चिसो बढेको छ । हुस्सु र कुहिरोका कारण सवारी साधन सञ्चालनमा समेत बिहानको समयमा कठिनाइ हुने गरेको छ ।

देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
आज बिहान देशका पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश–१ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।