अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीको टिप्पणी: घण्टी पार्टीलाई कसले हावा भर्‍यो ?

एमाले अध्यक्ष ओलीको टिप्पणी: घण्टी पार्टीलाई कसले हावा भर्‍यो ?


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आकारप्रति आश्चर्य व्यक्त गर्नुभएको छ । स्वतन्त्र पार्टीको चुनाव चिन्ह अमेरिकी फ्रिडम पार्टीसँग मिल्नु अनौठो भएको उहाँको भनाइ छ ।

नवनिर्वाचित एमाले अध्यक्ष ओलीलाई राष्ट्रिय जनसांस्कृतिक महासंघको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ । त्यसको चिन्ह घण्टी छ। दुरुस्त आकारको घण्टी उहाँ पनि लिएर आएका छन् । तर, त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुम्प फुल्यो । केही त होला । हावा नहाली ह्वाप्प त्यो बेलुक कसरी फुल्यो ?’