अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइनः अध्यक्ष ओली

एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइनः अध्यक्ष ओली


काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरी सुरु भएको बताएका छन्।

पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन पूर्व भएका ध्वंस्स,आक्रमणका कारण एमालेलाई प्रतिरक्षात्मक बनाएको उल्लेख गरे। ‘हामी सरकारबाट अपदस्त हुँदाको अवस्थाको विष्लेषण नगरिक राजनीति हुदैन’ अध्यक्ष ओलीले भने, ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण बुझ्नु पर्दछ। त्यती नबुझी राजनीति बुझिदैन।’

अध्यक्ष ओलीले प्राविधिक कुरालाई मात्र देखाएर एमालेको आन्तरिक कमजोरीकै कारण एमालेको सरकारलाई बिस्थापन भयो भनेर बुझ्नु नहुने बताए। ‘अल्गोदिम लगाएर,सामाजिक सञ्जालका माध्यमबाट हामीलाई जनताबाट टाढा पुर्याइयो’ अध्यक्ष ओलीले भने ‘हामीप्रति घृणा फैलाएर,अनावश्यक ढंगले सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो।’

अध्यक्ष ओलीले मौसमी छिचिमिरासँग कोही पनि डराउनु नहुने बताए। बर्खायाममा निस्कने छिचिमिराको आयु लामो हुँदैन।‘ यस्ता छिचिमिरा घरको छानामा नपुग्दै कतिपयलाई चराले खाइदिन्छ। कतिपय आफैं भुइँमा झर्छन् ’ अध्यक्ष ओलीले भने ‘यस्ता प्रवृति विरुद्ध लड्ने र विजय हासिल गर्ने कामको नेतृत्व एमालेले गर्छ।’

अध्यक्ष ओलीले ससमाजलाई सबै भ्रमहरुबाट मुक्त गर्ने कामको अगुवाई एमालेले गर्ने बताए। समाजलाई निराशाको अवश्थाबाट बाहिर निकालेर पुनर्जागरण गराउने कामको नेतृत्व एमालेले गर्दछ।’