काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती किनारामा रहेका सुकुम्बासी हटाउनका लागि काठमाडौं महानगरपालिकाले थालेको अभियानको आलोचना गर्नुभएको छ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामनामा उहाँले सुकुम्बासी बस्तीमा तमासा भएको बताउनु भयो ।
‘तपाईंहरुले हिजो देखिहाल्नुभयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरुलाई हटाउने हाकिमका कुरा सुनी हाल्नुभयो, प्रहरीले, सरकारले सहयोग गरेन, सहयोग गरेको भए हामी उनीहरुलाई पराजित गर्थ्यौ,’ ओलीले भन्नुभयो, ‘त्यो के गरेको, शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ? गरिब गुरुवा बसेका छन् । ती कुनै शत्रु त हैनन् । सरकारले सहयोग गरेन, पुलिस समयमा आएको भए ठिक लगाइन्थ्यो के भन्या त्यो । चुप लागेर खोलाको किनारमा छाप्रामा बसेकालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ ?’
उहाँले सुकुम्वासी समस्या समाधान गर्नका लागि आफू नेतृत्वको सरकारले बनाएको आयोग विघटन गरेर अहिलेको सरकारले बनाएको आयोगले के गरिरहेको छ भन्दै प्रश्न गर्नुभयो ।




प्रतिक्रिया