अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : तराईमा हुस्सु र कुहिरो पहाडमा आंशिक बदली

आजको मौसम : तराईमा हुस्सु र कुहिरो पहाडमा आंशिक बदली


काठमाडौं -यतिबेला बुधबार बिहान तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगका केही स्थानमा पनि पारदर्शिता भिजिबिलिटी कम रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागमा मौसम आंशिक बदली छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति प्रदेश १ का केही तथा बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा आंशिक बदली तथा बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ स् तराई भूभागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।