अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीमा घाँटी रेटेर युवतीको हत्या, अर्की घाइते

बैतडीमा घाँटी रेटेर युवतीको हत्या, अर्की घाइते


धनगढी – बैतडीमा मंगलबारदेखि बेपत्ता युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको छ । उनीसँगैकी अर्की किशोरी घाइते छन् ।

बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहारको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले मंगलबारदेखि बेपत्ता भएकी लुहारको शव भेटिएको र घरबाट उनीसँगै गएकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेहा पनि घाँटी रेटेको अवस्थामा भेटिएकी हुन् । उनको उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि डडेल्धुरा पठाइएको छ । उनको अवस्था गम्भीर छ ।

प्रहरी निरीक्षक जोशीका अनुसार दुवै जना मंगलबार बिहान कपडा सिलाउन भनेर घरबाट निस्किएका थिए । साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

खोजी गर्ने क्रममा बुधबार बेलुकी स्थानीय र प्रहरीको संयुक्त टोलीले फेला पारेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।