अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिप दुर्घटनामा चालकको मृत्यु

जिप दुर्घटनामा चालकको मृत्यु


रोल्पा – रोल्पामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  रोल्पा नगरपालिका-५ भैसिकुटीस्थित सडकमा वाझवाङबाट किमिचौर बजारतर्फ जाँदै गरेको लु. १ च ५४६४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी दुईसय मिटर तल खोलामा खसेर शनिबार बिहान दुर्घटना हुँदा चालक रोल्पा नगरपालिका-५ वाझवाङ बस्ने ३६ वर्षीय निलेश कवरको घटनास्थलमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका मृतकको ११ वर्षीय छोरालाई उपचारको लागि प्युठान विजुवारतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।