अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा लोकसेवा आयोगले माग्यो ३ सय १६ जना कर्मचारी

प्रदेश १ मा लोकसेवा आयोगले माग्यो ३ सय १६ जना कर्मचारी


विराटनगर- प्रदेश १ मा ठूलो संख्यामा सरकारी रोजगारीको अवसर खुलेको छ । प्रदेश १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ।

खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो।

प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने पनि आयोगले जानकारी दिएको छ।

छनोट भएकालाई स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन्।
पाँचौं तहको सबइन्जिनियर पदमा २५ जना माग भएको छ। सहायक कम्प्युटर अपरेटर, नायव प्राविधिक सहायक, नायव पशु स्वास्थ्य प्राविधिकलगायत पदमा दरखास्त आह्वान भएको हो। कुल ३१६ जना कर्मचारी माग भएको छ।

आयोगले आज गोरखापत्रमा सूचना निकालेर चैत २५ गतेदेखि परीक्षा हुनेसमेत उल्लेख गरेको छ। अनलाइनबाट पनि फारम भर्न सकिनेछ।