हेटौँडा – नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं नवनिर्वाचित सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै मकवानपुरमा दुईजना पत्रकारमाथि कांग्रेस कार्यकर्ताहले कुटपिट गरेका छन् ।
वागमती एक्सप्रेस साप्ताहिकमा आएको समाचारको विषयमा विवाद हुँदा पत्रिकाको प्रकाशक रमेश बञ्जरा (इन्द्र) तथा पत्रकार रामकुमार रिजाल (एलन) माथि कुटपटि भएको हो ।
हेटौँडा उपमहानगरपालिका-२ स्थित पल्पसा होटलमा आइतबार राति राती करीब ९ बजेको समयमा कांग्रेसका युवा नेता राजेश भेटवालको नेतृत्वमा आएका एक दर्जन कार्यकर्ताले बञ्जरा र एलनमाथि आक्रमण गरी घाइते बनाएका छन् ।
घाइते दुई पत्रकारले भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँसहितको नाम उल्लेख गरी ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गर्न लागेका छन् । यसैबीच नेकपा एसनिकट समाजवादी प्रेस संगठनले एलनलाई कुटपिट गर्ने र योजनाकारको पहिचान गरी कारबाही गर्न माग गरेको छ । संगठनका उपमहासचिवसमेत रहेका एलनलाई राजेश भेट्वालसहितको २०/२२ जनाको जत्थाले कुटपिट गरेको र पत्रकार महासंघ वागमतीका महासचिव कृष्ण सारु मगरमाथि पनि कुटपिट गरिएको भन्दै समाजवादी प्रेस संगठनले घटनाको विरोध गरेको हो ।
महासचिव मगर सामान्य घाइते भएको तथा एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको संगठनका महासचिव भूपराज खड्काले बताउनुभयो ।
वागमती एक्सप्रेसमा हालै सम्पन्न चुनावमा कांग्रेसभित्रको घात/अन्तर्घातको समाचार प्रकाशित भएको थियो ।







प्रतिक्रिया