अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवीन्द्र मिश्रको निर्वाचन खर्च साढे २४ लाख

रवीन्द्र मिश्रको निर्वाचन खर्च साढे २४ लाख


काठमाडौं – काठमाडौँ क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।

उहाँले हालै सम्पन्न निर्वाचनमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनु भएको हो । उक्त खर्चको विवरण आज निर्वाचन आयोगमा पेश गरेको उहाँले बताउनुभयो । चुनावी अभियानका क्रममा उहाँलाई ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘निर्वाचन आयोगले तोकेको खर्च सीमा २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि मैले भिडियो सन्देश मार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ । त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो, जसबाट प्राप्त कूल सहयोग लगभग ३३ लाख हुन गएको छ’, विज्ञप्तिमा उल्लेख छ । निर्वाचन खर्चपश्चात बचेको लगभग ८ लाख ५० हजार रुपैयाँ ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा जम्मा गरिने मिश्रले बताउनु भयो ।