अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाराही हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

बाराही हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला


काठमाडौं -बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर आईपीओ निष्कासन सुरु गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको कुल ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

निष्कासन गरिएको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ । २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ५ लाख १५ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

उक्त अवधिमा मागअनुसार आवेदन नपरे पुस ६ गतेसम्म आवेदन दिन समय थप गरिने बताइएको छ ।

कम्पनीको आईपीओ निष्कासन गर्न इक्रा नेपालले इक्रा एनपी आईआर बी माइनस रेटिङ प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७८र७९ को असार मसान्तसम्म कम्पनी ४ करोड ७७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । त्यस्तै उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ ४५ पैसा रहेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ १९ पैसा रहेको छ ।

यो कम्पनीले बाग्लुङ जिल्लामा १।५ मेगावाट क्षमताको रनअफ रिभर ठेउले खोला जलविद्युत् आयोजना निर्माण व्यापारिक उत्पादन गरिरहेको छ ।