अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : देशका केही भागमा आंशिक बदली

आजको मौसम : देशका केही भागमा आंशिक बदली


काठमाडौं- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नहुँदा केही समययता वर्षा र हिमपात भएको छैन । आज हिमपात र वर्षाको सम्भावना छैन ।

आज बिहान देशको पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

तराईका भू–भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ ।

Skip This