अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिक साँसद छान्न एमालेको सचिवालय बैठक सुरु (तस्विरहरु)

समानुपातिक साँसद छान्न एमालेको सचिवालय बैठक सुरु (तस्विरहरु)


काठमाडौं -समानुपातिक साँसद छान्न नेकपा एमाले सचिवालय बैठक सुरु भएको छ ।

सबभन्दा बढी मत ल्याएर समानुपातिकतर्फ पहिलो पार्टी भएको एमालेले आज ३४ जना नेतालाई साँसदको रुपमा मनोनय गर्दैछ । यस अघि नै निर्वाचन आयोगमा बन्द सुची पेश गरेको भए पनि विभिन्न क्लस्टर र समानुपातिकको वैज्ञानिक सुत्र अनुसार कुन क्लस्टरबाट कति जना पठाउने भन्ने विषयमा केहीहेरफेर हुन सक्ने जनाइएको छ ।

निर्वाचन आयोगका अनुसार एमालेलेसंघीय साँसद ३४ जना पाउनेछ छन् । प्रदेशतर्फ १ नं १५,मधेस प्रदेशमा ८,बागमतीमा १४,गण्डकीमा १०,कर्णालीमा ५ र सुदुरपश्चिममा ७ जना साँसद पाउनेछ । ति संख्याका आधारमा पार्टीले आज सबै साँसदहरुको नाम सचिवालयलमानिर्णय गरेर आजै निर्वाच्न आयोगमा बुझाउनेछ । आयोगले दलहरुलाई समानुपातिकका उम्मेद्वारको अन्तिम नामावली निर्णय गरेर पठाउन आजसम्मको समय दिएको छ ।