अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिक सांसद चयन गर्न एमाले बैठक जारी

समानुपातिक सांसद चयन गर्न एमाले बैठक जारी


काठमाडौँ – समानुपातिक सांसद छनोटका लागि नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलस्थित शनिबार दिउँसो सचिवालय बैठक बसेको हो ।

मंसिर ४ गते भएको निर्वाचनको नतिजा अनुसार संघीय संसद्‍मा नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ । निर्वाचन आयोगका अनुसार एमालेलेसंघीय साँसद ३४ जना पाउनेछ छन् । प्रदेशतर्फ १ नं १५,मधेस प्रदेशमा ८,बागमतीमा १४, गण्डकीमा १०, कर्णालीमा ५ र सुदुरपश्चिममा ७ जना साँसद पाउनेछ । ती संख्याका आधारमा पार्टीले आज सबै साँसदहरुको नाम सचिवालयलमा निर्णय गरेर आजै निर्वाच्न आयोगमा बुझाउनेछ ।

आयोगले दलहरुलाई समानुपातिकका उम्मेद्वारको अन्तिम नामावली निर्णय गरेर पठाउन आजसम्मको समय दिएको छ ।