अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला

सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला


काठमाडौँ – नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत अवस्थामा फेला परेका छन्। पाँच वर्षअघि नेपाली सेनाबाट अवकास पाएका महत शनिबार बिहान मृत भेटिको हो ।

उहाँ बुढानीलकण्ठ ९ मा रहेको सिरडी कोलोनीस्थित आफ्नै निवास झुण्डिएको अवस्थामा भेटिको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले महतको मृत्युको कारण खुलिनसकेको बताउनुभयो ।

उहाँको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो । पोस्टमार्टम सकेर परिवारले महतको शव दाहसंस्कारका लागि बुझेका छन्।