अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ


काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट सुनको पेटी (बेल्ट)सहित सुडानी युवक पक्राउ परेका छन्।

दुवईको फ्लाइटबाट आएका सुडानी युवकलाई आज दिउँसो २ बजेर १५ मिनेट विमानस्थालमा भन्सारको टोलीले १९ केजी सुनको बेल्टसहित पक्राउ गरेको हो ।

पक्राउ परेका २७ वर्षीय सुडानी युवकले १९ केजी सुनको पेटी बनाइ लगाएर आएका थिए। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिन सुनसहित पक्राउ परेका हुन् ।