अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अभिनेत्री सारा दुबईमा, गुन्जनको प्रचारमा समस्या

अभिनेत्री सारा दुबईमा, गुन्जनको प्रचारमा समस्या


काठमाडौं-अभिनेत्री सारा सिर्पाली यूएईको दुबईमा छिन् । उनले दुबईमा निकै आकर्षक जागिर पाएको बताइन्छ । अभिनेत्री सारा दुबईमा भएपछि नेपाली फिल्म गुन्जनको प्रचारप्रसारमा समस्या भएको छ । ‘गुन्जन’ २९ पुसबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । निर्माण युनिट अहिले फिल्मको कसरी प्रचारप्रसार गर्ने भन्ने अलमलमा परेको छ ।

फिल्मका निर्देशक अष्ट महर्जनले सारा नेपाल नआउँदा फिल्मको प्रचारमा समस्या परेको बताए । ‘पहिले साराले फिल्म रिलिजको बेला नेपाल आउँछु भनेकी थिइन्’ निर्देशक महर्जनले भने, ‘अहिले मिल्दैन भनेकी छन् । उनको कारण फिल्मको प्रचारमा अलमल परेका छौँ ।’

करिब २० बर्ष फिल्ममा द्वन्द्व निर्देशन गरेका अष्टले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । फिल्ममा साराको अलवा प्रितमराज सेन्चुरी, कविर खड्का, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।

Skip This