अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीमा मनोनयनका लागि २९ जनाकाे नाम प्रस्ताव

एमाले केन्द्रीय कमिटीमा मनोनयनका लागि २९ जनाकाे नाम प्रस्ताव


काठमाडौँ-नेकपा (एमाले)ले केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनयन गर्ने प्रक्रियाअन्तर्गत विभिन्न नेताहरूको नाम प्रस्ताव गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्ताव गरेका नामहरू केन्द्रीय कमिटी बैठकमा अनुमोदनका लागि पेस गरिएको हो।

प्रस्तावित नाममा काशीनाथ अधिकारी, देवराज घिमिरे, विमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम डंगाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत, नन्दलाल देवकोटा, पाल्तेन शेर्पा, जी. गुरुङ, विनोद पाण्डे, पुष्पा श्रेष्ठ र जानुका सिम्खडा रहेका छन्।

त्यस्तै कौशला खत्री, महमुद इष्टियाक राई, प्रमोद यादव, डा. अब्दुल हुसैन, भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, ध्रुवराज विष्ट, अर्जुन राई र धर्म गिरीको नाम पनि प्रस्ताव गरिएको छ।

प्रस्तावितमध्ये केही नेताहरूलाई स्थायी कमिटीमा समेत समेट्ने तयारी गरिएको छ। यसअघि सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, थममाया थापा, विमला घिमिरे र काशीनाथ अधिकारीलाई स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो।

एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रस्तावित नामहरू अनुमोदन गर्नेछ। यसबाहेक थप केही नेताहरूको नामसमेत केन्द्रीय कमिटीबाट अनुमोदन हुने जानकारी एमाले सचिव महेश बस्नेतले दिएको जनाइएको छ।